काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिविका सहउपकुलपति देवेन्द्र पौडेलले त्रिविमा देखिएको समस्याको समाधान गर्न पहल गर्ने बताएका छन्। सोमबार त्रिविको परीक्षा नियन्त्रण कार्यालय प्राङ्गणमा भएको ४७ औँ दिक्षान्त समारोहमा उनले गम्भीर रुपमा समस्यालाई लिएको बताएका हुन्।कार्यक्रममा उनले भने,‘त्रिविमा के कस्ता समस्याहरू छन, ती समस्याहरू कसरी उत्पन्न भए र समाधानका लागि के गर्नुपर्छ भन्नेबारे त्रिवि सभाको गत बैठक र त्यसपछि त्रिविमा उत्पन्न असहज अवस्थाबारे विभिन्न पक्ष र श्रोतबाट जानकार