व्यङ्ग्य - जेठ २ तिर फर्कँदै ठिक - न मन्त्रीको भीड, न कोभिड !

आफू अगाडिको ऐनातिर मात्रै फर्कने केपी ओलीको मुन्टो कसोकसो यो पालि जेठ २ मा फर्कन्छु भनेर हल्लियो । अब मुन्टो हल्लाउने पालो थियो झलनाथ खनाल र माधवकुमार नेपालको । तर उनीहरुको सधैं हल्लिने मुन्टो बूढानीलकण्ठ र खुमलटारमा पुगेर सोझो भइसकेको थियो । त्यसैले, उनीहरुले बालुवाटारतिर आँखा फर्काएनन्, मुन्टो लर्काएनन्, बरु पिठ्यूँ फर्काइदिए । सधै बाँसको लौरो जस्तो सोझो ओलीको मुन्टो बल्लतल्ल फर्कन खोज्यो, तर सधैं हल्लिरहने नेपाल र खनालको मुन्टो चाहिँ उताको उतै भयो । यो देखेपछि जेठ २ मा फर्कन पाइएला भनेर आकासमा कावा खाइरहेको एमाले कार्...