काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ । काठमाण्डौमा बिहानैदेखि घाम चर्किएको छ ।
गएको शनिबारदेखि लगातार झरी परेको काठमाण्डौमा हिजोदेखि मौसममा सुधार आएको हो । वर्षा भैरहेका देशका अरु ठाउँको मौसममा पनि सुधार हुँदै गएको छ । आज काठमाण्डौमा पानी नपर्ने, तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही ठाउँमा दिउँसोपछि मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महा...