चीन-ताइवान तनाव बढ्दो छ । सैन्य अभ्यास सुरु गरेको चीनले अहिलेसम्म ताइवानको भूमि वरपर ११ वटा मिसाइल प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक मिसाइल प्रक्षेपण गरेको बताइएको छ।
काठमाडौँ । छोटो तर विवादास्पद भ्रमणपश्चात अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानबाट फर्किएकी छन्। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्। बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरिन्। ताइवान एउटा स्वशासित […]
छोटो तर विवादास्पद भ्रमणपश्चात अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानबाट फर्किएकी छन्। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरिन्। ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ।पेलोसीको भ्रमणप्रति प्रतिक्रिया