नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकर्ताहरू नेताको दास भएको आरोप लगाएका छन् ।
आज कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको नेतृत्वले कार्यकर्तालाई दास बनाएको बताए ।
आफ्नो पक्षले हार्ने भएपछि प्रदेश २ सहित केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंगाइदिएको उनको आरोप छ ।
कांग्रेस सभापतिकै कारणले धेरै जिल्लामा विवाद भएको उनले बताए । जोसुकैले जिते पनि कांग्रेसले जित्छ भन्ने अवस्थामा नआउँदा ७० वर्षको इतिहासमा पुलिस लगाएर वडाको अधिवेशन गर्नु परेको बताए । उनले यसको असर स्थानीय प्रदेश ...