विषालु ग्यास चुहिँदा चीनमा सातको मृत्यु

एजेन्सी। चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्य प्रशोधन कारखानामा विषालु ग्यास चुहिँदा सातजनाको मृत्यु भएको छ। सोमबार अपराह्न यिबिन सहरको चांगिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानाको मेसिन मर्मतका क्रममा दुर्घटना भएको हो। कारखानामा काम गरिरहेका श्रमिकहरूलाई श्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले जानकारी दिएको छ। दुर्घटनाबारे जाँच भइरहेको विभागले बताएको छ।

सम्बन्धित सामग्री

ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले मंगलबार जानकारी गराएको छ ।