प्राधिकरणको नाफामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नजोडेको कुलमानको दाबी (भिडियाे)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को बक्यौता महसुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रोपटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महसुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य...