सुदूरपश्चिम प्रदेश सरकारको बजेटको विषयमा सत्तापक्ष नेकपामा भएको चर्को विवाद मिलाउन नेकपा प्रदेश संसदीय दलमा छलफल भएको छ । सत्तापक्ष नेकपाकै सांसदहरुले आर्थिक वर्ष २०७६-०७७ का लागि प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चर्को विरोध जनाएपछि हाईकमाण्ड सहितको संसदीय दलको बैठक बसेको हो ।