वैदेशिक रोजगारीका कारण मानसिक समस्या : ३० हजार भन्दा बढीले लिए ‘सीएमसी’को मनोपरामर्श

काठमाण्डौ – वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार भन्दा बढी व्यक्तिले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी)मार्फत मनोपरामर्श सेवा लिएका छन् । सीएमसीको स्थापना भएको २०१९ सेप्टेम्बरदेखि अहिलेसम्म ३० हजार ६ सय ३५ जनाले समूहगत रुपमा मनोपरामर्श सेवा पाइसकेको सीएमसीले जनाएको छ । यस्तै, पाँच हजार सात सय ४८ जनाले व्यक्तिगत रुपमा मनोपरामर्श लिएका छन् । परदेशमा आफ्ना मान्छे कुनै समस्यामा पर्दा वा ज्यानै समेत जाँदा त्यसले मानसिक रुपमा परिवारका सदस्यलाई कमजोर पार्छ । यसले चिन्ता निम्त्याउँछ । त्यस्...