पूर्व राजदूत रिजालले लगेकी घरेलु श्रमिक इजरायलमा पक्राउ

इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।