निरन्तर चार दिन देखि परेको अविरल वर्षाले पाल्पा बुटवल सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङ्गा सहितको ठुलो पहिरो गएको छ । भने, गौंडे,बर्तुङ,दोभान,झुम्सा लगायतको क्षेत्रका साना–साना पहिरो गएका छन ।
यस्तै सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम शुरू भएको छ ।
निरन्तरको वर्षा र ढुङ्गा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिए ।