बौरुसिया डर्टमन्डका २१ वर्षीय फरवार्ड अर्लिङ हालान्ड म्यानचेस्टर सिटी जाने सम्भावना बढेको छ। सम्झौताबारे यसै साता टुंगो लाग्ने बीबीसीले जनाएको छ। पछिल्लो केही सातायता प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीसँगै रियल म्याड्रिड र बायर्न म्युनिख हालान्डलाई भित्राउने प्रयास गरिरहँदा सिटी यो दौडमा अघि देखिएको हो।युरोपका केहि प्रतिष्ठित सञ्चारमाध्यमले हालान्डले सम्झौता समेत गरेको दाबी गरेका छन्। द एथलेटिकका अनुसार हालान्ड र सिटीबीच सम्झौता भइसकेको छ। सिटी र हालान्डबीच सम्झौताको चर्चा भएको यो पहिल