थारु संस्कृति जोगाउन भैरहवामा माघ महोत्सव

भैरहवा । थारु संस्कृति, वेशभूषा, खानपिन जोगाउने उद्देश्यसहित भैरहवामा ‘२६४७ औँ थारु लवा वर्ष एवं माघ महोत्सव’ आयोजना हुने भएको छ ।  थारुहरूको नयाँ वर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव माघ ७ गते हुने आयोजकले जानकारी दिएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सहआयोजनामा पडसरीमा कार्यक्रम हुने थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष शतिशकुमार चौधरीले जानकारी दिए । ‘थारु भाषा, कला संस्कृति र पहिचान, न्याय समानता, अधिकारके सङ्घर्ष हम्मनके अभियान’ को मूल नारासहित थारुहरूले धुमधामका साथ थारु लवा वर्ष मनाउने उनले जानकारी दिए । गौतमबुद्ध पनि थारु समुदायकै भएको दाबीसहित थारुहरूको वर्षलाई गौतमबुद्धको...