सुनसरी सदरमुकाम इनरुवामा आईतबार राति प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लक डाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी ब्यारेज तर्फ जाँदै गरेका १४ जना भारतीय नागरिकलाई इनरुवा ३ सखुवागाछीबाट नियन्त्रणमा लिएको हो ।
इनरुवा ट्राफिक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पुष्पक निरौलाका अनुसार राती २ बजेको समयमा इटहरीतर्फबाट आएको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा भ्यान भित्र त्रिपालले छोपेर तरकारी भन्दै मानिसहरु लुकाएर ल्याएको फेला परेको हो ।