भोजपुर घटना : सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ

भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो । कार्यक्रममा सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदै थिए । तर, अचानक कार्यक्रम स्थल नजिकै विष्फोट भयो ।.grou