एक लाख ३९ हजार ४५० रुपैयाँसहित प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पोखरा महानगरपालिकाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक सूर्यबहादुर रानाका अनुसार पोखरा–८ सभा गृह...
जुवाको खालबाट एक लाख एक हजार २६५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद
धनगढीमा प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३, राजपुरमा एक टहरामा जुवा खेलिरहेको...
काठमाडौँ – काठमाडौँको तारकेश्वरबाट ८ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई बुधबार राति साढे ११ बजे तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा जुवा खेलिरहेका बेला पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूबाट १६ थान कौडा र दुई लाख ४६ हजार ६८० नगदसमेत प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् । हरिवन नगरपालिका-२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीको प्रहरीले […]
ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङ – दाङको शान्तिनगरबाट प्रहरीले दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।
हिजाे बुधवार राति शान्तिनगर पाउँपालिका ५ मा रहेकाे निराजन मल्लको घरमा जुवा खेलिरहेका अवस्थामा दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ७ का प्रमोदकुमार खड्का, निराजन मल्ल, उत्तम डाँगी, रमेश रावत, बइई गाउँपालिका ४ का बलिराम खत्री रहेका...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पेप्सीकोलामा सञ्चालित ‘मिनी क्यासिनो ’मा प्रहरीले छापा मारेको छ । छापा मारेर क्यासिनो शैलीमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।पेप्सीकोलास्थित हरहर महादेवमा रहेको कमल दाहालको घरमा विदुर दाहालले सो मिनी क्यासिनो सञ्चालन गरेका थिए । जुवा खालबाट १८ लाख ७५ हजार बरामद गरिएको छ । क्यासिनो शैलीमा जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका १ सय ६० वटा क्वाइन महानगरीय प्रहर
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीलाई बताए ।स्थानिय थोप्चेन तामाङको घरमा जुवा खेलिरहेका बनेपा घर भएका कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जुवा खालबाट प्रहरीले १४ बुक तास बरामद गरेको छ । उन
काठमाडौँ । प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेका १२ जनालाई ५ लाख नगदसहित पक्राउ गरेको छ । शनिवार भोटेवहालबाट महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले १२ जनालाई हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा तास र नगद पाँच लाख ३१ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । पक्राउ गरेको उनीहरूको थप अनुसन्धान भइरहेको […]
दाङमा घोराहीमा एक होटलमा जुवा खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित गौरी दिप होटलमा जुवा खेलिरहेको अवस्थमा गएराती १ लाख ३९ हजार सात सय रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेका छन्पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक था
वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा जुवा खेलिरहेका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा १५ जना फरार भएको र बाँकी ३ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। जुवाको खालबाट १ लाख ७६ हजार नगद र एक बुक तास…