मौद्रिक नीतिका लागि लघुवित्तको सुझाव : क्रेडिट रेटिङ्ग खारेज गरौं, होम लोन खुल्ला गरौं

नेपाल लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिबारेमा सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको तयारी गरिरहेको बैंकलाई आफ्नो क्षेत्रका यावत् नीतिगत समस्या सुल्झाउँदै सो समस्या सुधारका लागि राष्ट्र बैंक समक्ष सुझाव पेश गरेको हो ।तीन मुख्य समस्यासहित संघले लघुवित्तको वित्तीय स्रोत व्यवस्थापनदेखि कर्जा परिचालन, कर्मचारी व्यवस्थापन र अधिकारका मुद्दामा समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संघले हालसम्म लघुवित्तले ५० करोडभन्दा बढीको कर्जा सीमा उपभोग गर