विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो ।यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ बचत गर्ने बानीको विकास गर्नेे […]