खोटाङ : खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ६४ बर्षको उमेरमा सोमबार राति १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए। मुटु रोगबाट पीडित श्रेष्ठको अघिल्लो वर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आएका थिए। ०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति, २०