काठमाडौं : नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको जनाएको छ। सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन्।यही चैत ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए। पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिम