काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीमा उम्मेदवार बन्नुभएकी रेखा थापाले पराजय भए पनि खुशी व्यक्त गर्नुभएको छ ।‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरुको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु’ उज्यालोसँगको कुराकानीमा थापाले भन्नुभयो ।थापाले १ हजार ६ सय ४० मत ल्याउँदा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीले २ हजार ८ मत ल्याएर विजयी हुनुभएको हो । ‘उहाँ राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, म चार व...