सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छः विष्णु पौडेल

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चर्को समस्यामा परेको बताएका छन्। सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताए।