कांग्रेस महाधिवेशन : मतपत्र डिजाइन विवादले पर्वतमा मतगणना अवरुद्ध

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पर्वतमा मतपत्रको डिजाइनबारे विवाद आएपछि मतगणना रोकिएको छ।मङ्गलबार रातिदेखि मतगणना सुरु भएकोमा बुधबार १२ बजेदेखि गणना कार्य रोकिएको छ। मतपत्रमा महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवार रहेका महिला र पुरुषलाई फरक–फरक कोलममा नराखेर एकै ठाउँमा राखिएका कारण विवाद भएको हो।विवाद गर्ने दुई पक्षमा महिला र पुरुष रहेका छन्।मतपत्र बनाउँदा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला र खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र प्रकाशित