लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता […]
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार पाँच बुँदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्तावेजको बुँदा नं ९१ मा उल्लेख […]
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजालले अध्यक्ष पदमा आफ्नो जित सुनिश्चित गरेका छन्। मतगणनाको अन्तिम परिणाम आउनु अगावै उनले निकटतम प्रतिस्पर्धीसँग गन्न बाँकी मतभन्दा बढीको अग्रता कायम गरेका हुन्।