काठमाडौँ । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ ।प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत्गृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । ती विद्युत्गृहमा आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ ।