काठमाडौं : सरकारले यस वर्षको अन्तरराष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने तयारी गरेको छ। ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता,रोजगारी र राष्ट्रिय स्वाभिमान’ मूल नाराका साथ दिवस मनाउने तयारी गरेको रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयले दिवस सप्ताहव्यापी (१६ डिसेम्बरदेखि २२) मनाउने जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५/९३ पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको