‘पठान’ हेर्न नेपाली दर्शकलाई शाहरुखको भिडियो सन्देश, आक्रामक ओपनिङको प्रक्षेपण

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट विक्री भैसकेको छ । […]