दुर्गम क्षेत्रमा राहत पुर्याउन चुनौती, खुला ठाउँमा बसेकाहरु चिसोको मारमा

काठमाण्डाै - भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् । यसले गर्दा दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो । सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत प...