त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार दिउँसो सारजाह एभिएसन सर्भिसको जी९५३६ नम्बरको फ्लाइटमा भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान टोलीले सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट महाजनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको सेण्डो भेष्टमा सुन जस्तो पहेँलो