प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्टयाइयो

काठमाडौं। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि७ अर्ब ७२ करोड६३ लाख रुपैयाँ निर्वाचन आयोगलाई उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमाभित्र रहेर खर्च गर्नेगरी सहमति प्रदान गरेको हो। आगामी कात्तिक २६गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरण निर्वाचनको घोषणा गरिएको छ। अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।

सम्बन्धित सामग्री

निर्वाचनका लागि करिब ८ अर्बको खर्च सहमति

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रूपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर […]

मध्यावधि निर्वाचन गर्न ७ अर्ब ७२ करोड खर्च दिने अर्थ मन्त्रालयको सहमति

सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनका लागि ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ ।अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि रकम निर्वाचन सामग्रीलगायत ...