कतिपयले संघीयतालाई नै अस्थिरताको कारणका रूपमा व्याख्या गर्ने गर्छन् । तर, संघीयताकै कारण संसारभरिका धेरै देशले आर्थिक, भौतिक र मानवीय विकास गरेका छन् । जनतालाई सशक्त र बलियो बनाउने, आधारभूत तहका जनताका आवश्यकतालाई सम्बोधन गर्ने र समग्र देशकै प्रगतिका लागि संघीयता प्रभावकारी व्यवस्था हो ।