नेकपाले भन्याे– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको हाे ।