–दीपक श्रेष्ठगोरखा । गोरखा भूकम्पले क्षति पुर्याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । राष्ट्रिय पुरातत्व विभागले गएको विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको पुनःनिर्माण पूरा हुन सकेन । पुरातत्व विभागले पुनः २०७७ को जेठभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीलाई पहिलो पटक म्याद थप गरिदियो तर पनि काम स