मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि यही जेठ २७ गते मतदान हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको दाबी–विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन