फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौँ – एएफसी एसिया कप २०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप २०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्। सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो। […]