काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र लेखेको छ । महानगरले मंगलबार पत्र लेख्दै सरकारी, गैरसरकारी, निजी तथा व्यवसायीक संस्थाहरूलाई १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।महानगरको कर नतिर्ने संस्थाहरूको सूचीमा खाद्य संस्थान, हाइट फिल स्कूल, साझा भण्डार, राष्ट्रिय नाचघर छन् । यस्तै, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेश्नल ट्रेडिङ लिमिटेडलाई समेत महानगरले पत्र काटेको छ ।यसैगरी, १० दिनभित्र कर तिर्न निर्देशन पाउनेमा नेपाली जामे मस्