काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी मुलुकको राजनीतिक केन्द्र सिंहदरबार पुगेका छन्। हिजो नेपाल आएका उनी आज राजनीतिक भेटवार्तामा सक्रिय छन्।
शुक्रवार काठमाडौं ओर्लिएका वाङ शनिवार बिहान शिवपुरी राष्ट्रिय निकुञ्ज हाइकिङका लागि पुगेका थिए। त्यसपछि अपरान्ह सिंहदरबार पुगेका हुन्। नेपालका समकक्षी परराष्ट्र मन्त्री नारायण खड्कासँग उनले भेटवार्ता गरेका…