बीआरआई अल्झिनुमा मुख्यतः नेपाल पक्षकै कमजोरी : पूर्वराजदूत लीलामणि पौड्याल

विकास निर्माणका लागि हामीसँग स्रोत छैन भनेर निर्धक्क भन्दै आएका राजनीतिक नेतृत्वले विकास परियोजनामा हस्ताक्षर गरेको वर्षौँसम्म पनि त्यसलाई अघि बढाउन चासो देखाउने गरेका छैनन् । अमेरिकासँग एमसीसी सम्झौताको प्रक्रिया अघि बढेको एक दशकभन्दा लामो समयसम्म अल्झिएर रह्यो । हालै संघीय संसद्ले एमसीसी सम्झौता अनुमोदन गरेपछि त्यसको कार्यान्वयनको बाटो खुलेको छ ।अर्कोतिर चीनसँग ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ’ समझदारी पत्रमा हस्ताक्षर गरेको पनि वर्षौँ भइसकेको छ, जो अझै अघि बढ्न सकेको छैन ।