रुकुम पश्चिम - राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा तीन विद्यार्थी घाइते, ११ जना पक्राउ

रुकुम पश्चिम – राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा तीन विद्यार्थी नेता घाइते भएका छन् । घटनामा अन्य ११ जना पक्राउ परेका छन् । संयुक्त विद्यार्थी सङ्गठनले बुधवार (आज) बेलुका रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले लाठी प्रहार गर्दा तीन विद्यार्थी नेता घाइते भएका हुन् । पुत्ला जलाउने क्रममा प्रहरीको लाठी प्रहारबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सुशील विष्ट, अखिल क्रान्तिकारीका जिल्ला सचिव नारायण केसी र अनेरा...