उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिडका बिरामीको परीक्षण र उपचार निःशुल्क गर्ने व्यवस्था गर्न आदेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड–१९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकलबमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको हो । अदालतका वरिष्ठतम् न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको इजालसले उक्त आदेश दिएको हो ।