काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई सरकार गठन गर्न आह्वान गर्ने तयारी थालेकी छन्। निर्वाचन मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे सम्पूर्ण निर्वाचन प्रतिवेदन बिहीबार नै राष्ट्रपतिसमक्ष बुझाइसकेकाे छ। यससँगै अब सरकार गठनकाे बाटाे पनि खुलेकाे छ। संवैधानिक प्रावधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ। निर्वाचनमा […]