मोरङबाट प्रदेशसभामा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित

८ मंसिर, काठमाडौं। मोरङ-६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य  निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत ल्‍याएर जित हात पारेका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।

सम्बन्धित सामग्री

कोशी प्रदेश : हिक्मतकुमार कार्की नेतृत्व सरकार अल्पमतमा

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार पाँच महिनामै अल्पमतमा परेको छ।मंगलबार माओवादी केन्द्र प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्रबहादुर आङबोसहित बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो।सोही अनुसार कार्की नेतृत्वको सरकारमा रहेका मन्त्रीद्वय पर्यटन, वन तथा वातावारणमन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईले पदबाट राजीनामा दिएका छन्।यसअघि नै जसपाले मन्त्रीलाई फिर्ता ब

मोरङ–६ (१) बाट माओवादीका आचार्य विजयी

सुन्दरहरैँचा– मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र) का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी भएका छन् । विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार आठ सय […]

प्रचण्डका ज्वाँई जीवन आचार्य मोरङ–६ को ‘क’ बाट निर्वाचित

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाँई जीवन आचार्य मोरङ–६ को प्रदेशसभातर्फ ‘क’ बाट निर्वाचित भएका छन् ।

प्रचण्डका ज्वाई प्रदेश सभा सदस्यमा निर्वाचित

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाई जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मोरङ–६ (१) बाट उम्मेदवार बन्नुभएका आचार्यले नेकपा (एमाले) की रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतको अन्तरले हराएर निर्वाचित हुनुभएको हो । न्यौपानेले १७ हजार ५ सय ७१ मत ल्याउनुभयो भने आचार्यले १९ […]

माओवादी केन्द्रीय सदस्यमा प्रचण्डका छोरी र ज्वाइँ दुवै समेटिए (पूर्णपाठ)

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी र ज्वाइँ दुवै जना समेटिएका छन्। आइतबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले शपथ खुवाएकोमध्ये प्रचण्डकी कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि समावेश भएका हुन्। केन्द्रीय सदस्य सूचीको ३ सय १३ नम्बरमा छोरी गंगा र ३१८ नम्बरमा ज्वाइँ आचार्यको नाम छ। आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। माओवादीले पदाधिकारीको भ

माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाएका हुन । सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ […]