शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालय अगाडि गठबन्धनको धर्ना, 'प्रदेश प्रमुखले कार्यकर्ताका रुपमा काम गरे'

बुटवलः प्रदेश प्रमुखले अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनले शपथग्रहण रोक्न लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन्। आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। बहुमत…