मोरङ सुनसरी सिँचाइ आयोजनाबाट कृषकले लाभ लिन पाएनन्

पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पनि पाएका छैनन् ।           सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करिब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका लाखौँ कृषक लाभान्वित भएका छन् । भारत सरकारको सहयोगमा बनेको यो चतरा मूल नहरसँग जोडिएका अन्य शाखा नहर सन् १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।            निर्माण भएको लामोसमय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र कुनैबेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट वञ्चित हुने अवस्थालाई हटाउन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ ।           तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किलोमिटर पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टी शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषकले नहरको पानी खेतमा देख्न पाएका छैनन् । उनीहरु वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भरपर्नु परेको स्थानीय कृषक विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

माेरङ – योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्न माग गर्दै विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निकट अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघ, मूल इकाइ समितिद्वारा आयोजित विरोधका क्रममा आयोजनाले अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समावेश गरिनुपर्ने माग गरिएको छ। […]

सुनसरी-मोरङ औद्योगिक करिडोरमा थपियो नयाँ उद्योग

१० पुस, विराटनगर । सुनसरी-मोरङ औद्योगिक करोडमा नयाँ स्टिल उद्योग थपिएको छ । ५ जना व्यावसायीले २ अर्ब ५० करोड लगानीमा नयाँ स्टिल उद्योग स्थापना गरेका हुन् । सुनसरीको दुहबी नगरपालिका-१ परास्टोकीमा स्थापित उद्योगले बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्नेछ । नयाँ स्थापित उद्योगले व्यावसायिक कारोबार सुरु गरिसकेको सञ्चालकले बताएका छन् । उद्योगले स्टिल बिलेटको व्यावसायिक […]

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायी आन्दोलित

विराटनगर-संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा वायर, घिउतेल तथा सेनिटरी प्याड उद्योगमा लगाइएको भन्सार शुल्क तथा अन्तःशुल्क वृद्धि गरेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् ।भन्सार तथा अन्तःशुल्क वृद्धिका कारण उद्योगहरू धराशायी हुने अवस्था आएको भन्दै उद्योगीहरू आन्दोलित भएका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश–१ ले […]

सुनसरी धेरै जनसंख्या भएको पाँचौं जिल्ला, बार्षिक वृद्धिदर १.९४

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडाैं, मोरङ, रुपन्देही र झापा पछि सुनसरी जिल्लाको जनसंख्या धेरै देखिएको छ।...

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक […]

सुनसरी-मोरङ औद्योगिक करिडोरका दुई दर्जनबढी उद्योगको खाद्यवस्तुमा मिसावट

सुनसरी-मोरङ औद्योगिक करिडोरका दुई दर्जनभन्दा बढी उद्योगहरू अखाद्य वस्तु मिसाएर उत्पादन बजार पठाएको अभियोगमा मुद्दा खेपिरहेका छन्।

मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा

विराटनगर / मोरङ र सुनसरीका सहित प्रदेश १ बाट नेपाल प्रहरीका सात जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार एकैपटक ५२ एसपीको सरुवा निकालेको हो । यसअघि नै एसपीको सरुवा निस्कनुपर्नेमा कोरोना महामारी लगायतका कारण रोकिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय... The post मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा appeared first on Purbeli News.

सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगको उत्पादनमा ६० प्रतिशत कटौती

विराटनगर । कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर, दुहबी र खनारमा सञ्चालित सिमेन्ट, स्टिल, वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् ।निषेधाज्ञा लम्बिदै जाँदा

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

विराटनगर-कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण र रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण वितरण प्रणाली ठप्प हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भएका छन् ।चामल, दाल, तेल, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक केही वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन भए पनि रड, सिमेन्ट, चाउचाउ, बिस्कुट, जुस, जुट, धागो, फलामे डन्डी, जस्तापातालगायतका उद्योगहरू बन्द भएका छन् । वितरण प्रणाली […]

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । कोरोना महामारीको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित ठुला उद्योग मारमा परेका छन् । ती उद्योगले मजदुर कटौती गरी दुई सिफ्टमा उद्योग चलाउन थालेका छन् ।औद्योगिक करिडोरमा रहेका खाद्यान्न र स्वास्थ्य सामाग्री उत्पादन गरिरहेका बाहेकका उद्योगले आफ्ना उत्पादनसँगै कार्यरत मजदुर पनि एकसाथ कटौती गर्न थालेका हुन् ।महामारी रोकथाम र नियन्त्रण गर्ने स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि करिडोरमा ठुला उद्योगमा कार्यरत करिब एक तिहाइ अर्थात् करिब १० हजार मजदुरको रोजगारी गुमेको छ । कोश