काठमाडौं : सरकारले आज नागरिकता विधेयक फिर्ता लिने भएको छ। दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो। तर दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। केही प्रावधान सच्याएर अर्को विधेयक ल्य