ललितानिवास प्रकरण : कर्मचारीलाई जेल, नेतालाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग दायर गरेको चार वर्षपछि ललितानिवास जग्गा हिनामिना प्रकरणको बिहीबार विशेष अदालतले फैसला सुनायो ।

सम्बन्धित सामग्री

ललितानिवास प्रकरण न्याय प्रणालीको भद्दा मजाक

ललितानिवास प्रकरणमा मुद्दा अनुसन्धानको मार्गदर्शक प्रहरीको सुडान काण्डलाई मान्न सकिन्थ्यो। उक्त काण्डमा संलग्न भनिएका ३२ प्रहरी कर्मचारीमध्ये अन्ततः नेतृत्व गर्ने तीन प्रहरी प्रमुखलाई मात्र दोषी ठहर गरे जस्तै यसमा पनि करिब ३०० जना मिलेर किर्ते गरे भन्नुभन्दा दलाल, संलग्न उच्च राजनीतिक नेतृत्व र माथिल्ला कर्मचारीलाई मात्र केन्द्रविन्दुमा राखी अनुसन्धान गरेको भए अर्कै अवस्था हुनेथियो।