स्याउ र जुम्ला पर्यायवाची शब्दजस्तै भएको छ। कसैले परिचय लिँदा जुम्लाभन्दा स्याउको कुरा आउँछ। स्याउले नै जुम्लाको पहिचान बनेको हो।
जुम्लाको स्याउ भनेपछि तपाईं–हाम्रो मुख नै रसाउँछ। कारण जुम्लाको स्याउ अर्गानिक...
जुम्ला तिला १ का महेन्द्रबहादुर बुढाको गुजारा सिमी खेतीबाटै चल्छ । उनी सिमी उब्जनी गरेर बर्सेनि न्यूनतम १० क्विन्टल बेच्छन् । प्रतिकेजी २ सय २० रुपैयाँले बेचे । १० क्विन्टल बेच्दा उनले २ लाख २० हजार रुपैयाँ कमाए । सिमीबाट कमाएको रुपैयाँले घरको आवश्यकता पूरा गरे । उनले भने, ‘सिमी खेतीको राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँका किसानको विकास सिमी खेतीबाट नै हुन्छ ।’