नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापासहित ४ सांसदले संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
विगत केही हप्तादेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको अवस्थामा वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
जरुरी महत्वको प्रस्ताव दर्ता गर्नेमा थापासहित भीमसेन दास प्रदान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ रहेका छन् ।
थापाले मंगलबारको संसद् बैठकमा वायु प्रदूषणको...