काबुलबाट कतार र कुवेत हुँदै काठमाडौं आइपुगे १२७ नेपाली कामदार

अफगानिस्तानको काबुलबाट १२७ जना नेपाली कामदार काठमाडौं आइपुगेका छन् । जजिरा एअरमार्फत उनीहरू मंगलवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । उनीहरुलाई क्वारिन्टनको लागि सामाखुसीस्थित राधा स्वामी आइसोलेसन सेन्टरमा राख्ने तयारी भएको एसएसपी राजेश नाथ बास्तोलाले लोकान्तरलाई जानकारी दिए । उनीहरु अधिकांश काबुलस्थित दूतावासमा कार्यरत सेक्युरिटी गार्ड रहेको बताइएको छ । काबुलमा तालिबानले कब्जा गरेपछि अफगानिस्तानबाट नेपाल फर्केको यो पहिलो टोली हो ।