काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बालिका आफ्ना साथीहरुसँग […]